आफ्नो अफिसबाट घरतिर फर्किदैँ थिए म । माईतीघर नेर कसलै हात हल्लाएर मलाई ईसारा गर्यो । सायद केही आपत पर्यो होला भन्ने सोचेर बाईकको ब्रेक झ्याप्प लगाएँ ।
”Please, मलाई कोटेश्वर सम्म पुर्याईदिनु न,” आफूले लगाएको मास्क तल सार्दै उनले एकदम थकित एवं दयाको भावमा मलाई आग्रह गरिन् ।
“हुन्छ बस्नु पछाडि सिट खाली नै छ ।” मैले यति भन्न नपाउँदै उनी बाईकको पछिल्लो सिटमा बसिन्। अनि एक सासमा भन्न थालिन् ,” सायद कोरोनाको डरले होला कसैले रोकेन मेरो ईशारालाई । अब Public Transportation त ठप्पै छ । कस्तो गाह्रो भयो जिन्दगी ।”
“के गर्न आएको त यहाँ,” मैले सोधेँ ।
“म खासमा त महाराजगंज गएको । एम्बेसीमा कागजपत्र मिलाउन गएको । अब विदेशको नागरिकलाई उतै फिर्ता लैजाने रे, म पनि उतै फर्किने भनेर । महाराजगन्ज देखि यहाँसम्म त म साथीसँग आएको । उसको बाईकको पास नभएको हुँदा पुलिसले जफत गरिदियो । कस्तो विजोग भयो । धन्न तपाईले रोकिदिनु भयो । बरु कोटेश्वर बाट हिड्दै जानु पर्ला ।” उनले सबै वेलिविस्तार लगाईन ।
“कहाँ पुग्नु पर्ने हो र म पनि भक्तपूर जाने हो ।” मैले भने ।
“ओहो! म पनि सल्लाघारी जाने हो । Can you please drop me there.”
“Sure, it’s on my way.”
“By the way, तपाई के गर्नुहुन्छ,” उनले सोधिन् ।
“म एक कर्मचारी हो ।”
“ओ! त्यसो भए तपाईलाई त पास पनि चाहिदैँन होला, हैन ।”
म केही बोलिन । सायद उनले मेरो घाँटीमा झुन्डिएको पास हेरिनन् होला ।
बाईक आफ्नै रफ्तारमा गुडिरहेको थियो । म मौन थिए । कतिबेला घर पुगुँ भन्ने उनको छटपटाहटलाई म सजिलै अनुमान गर्न सक्थे । तर पनि उनी खुसी हुँदै आफ्ना बारे कुरा सुनाईरहेकी थिईन । मेरा कानले उनलाई सुन्न त खोजेको थियो तर मलाई कुनै नयाँपन लागेको थिएन । मलाई भन्न मन थियो “बस गर यी कुराहरु, I know everything.”
उनले भनेका सारा कुरा मेरा लागि सबै परिचित थिए किनकी उनी कोही नभएर मेलै चिनेकै मान्छे थिईन् । अत्यन्तै चिर परिचित ।
सायद मास्क र हेल्मेटका कारण उनले मलाई चिनिनन् होला ।
………………………………..
सात बर्ष अगाडि उनले र मैले पढ्ने कलेज एउटै थियो । उनको र मेरो पहिलो चिनजान त्यहीँ भयो जहाँ हामी कलेज जानका लागि बस कुर्थ्यौँ । बसको सीटमा प्रायस: हामी सँगै हुन्थ्यौँ । समयको अन्तराल सँगै हामी नजिक हुँदै गयौँ । कलेज जीवनका 2 बर्षे पढाईमा उनीसँगको स्मरणहरु थुप्रै छन् र ताजा पनि । हाम्रो ग्रुपको ४ जना साथीमध्ये उनी कडा मिजासको थिईन् उनी तर म सँग खै किन हो जहिले नम्र बन्थिन् । परिक्षाको समय होस् या Assignment मा हर तरह सहयोग गर्थिन् । एक राम्रो साथीको रुपमा जहिले पनि सहयोग गरिन् मलाई । कलेज जाने र घर फर्कने समय एउटै भएकोले पनि होला हामी एक अर्काको धेरै नजिक भयौँ । समय बित्दै गयो । हाम्रो कलेज जीवन पनि लगभग सकिन आँटेको थियो । मेरो मनले सायद केही सोच्दै थियो हाम्रो सम्बन्धको बारेमा । यसलाई थप उचाई दिन मन लागेको थियो । कलेज सकिनु भन्दा एक हप्ता अगाडी भनिदिन मन लागेको थियो “लैजाउ मेरो मनको पासवर्ड र मेरो मनलाई पुरै पढ र बुझ के के छ तिम्रो बारे मेरो मनमा । तर अहँ सकिन ।” मलाई डर थियो कि मेरो भएको सम्बन्ध पनि थप नबिग्रोस् भनेर ।
कलेज सकियो तर मेरो मनका भावनाहरु त्यही भित्र कैद बनेर बसे बाहिर निस्कन सकेनन् । कलेज सकिए सँगसगै उनको मेरो भेट पातलिन थाल्यो । कलेज सकिए लगत्तै मैले जागिर सुरु गरे र मेरो जागिर काठमाण्डौ बाहिर भयो । त्यस पछि त लगभग भेटघाट बन्द नै भो । ६ महिना पश्चात उनले मलाई फोन गरिन् र आफुलाई विदेशको भिसा लागेको जानकारी दिईन् । म मा मिश्रीत भाव थियो । फेरी एक मन त लाग्यो भनि दिउँ सबै कुरा । तर व्यक्त गर्न सकिन । विदेश जाने दिन भन्दा अगाडी उनले मलाई काठमाण्डौ आउन आग्रह गरिन् तर मेरो कामको परिस्थितीले म काठमाण्डौ आउन सकिन । यहि कुराले उनी म सँग साह्रै रिसाएकी थिईन् रे ।
उनी विदेश गए पछि हामी बीच सम्बाद हुन पनि छाड्यो । तर उनलाई सामाजिक संजालमा फ्लो गरिराको हुन्छु । उनका हरेक तस्बीर नियालिरहेको हुन्छु । उनले विदेशी पी आर पाएको पनि थाहा छ । उनको जिन्दगी अब पूरै विदेशी रहनसहनमा भिजिसकेको स्पष्टै देखिन्छ ।
………………………..
“सिर्रर” पुलिसको सिठीसँगै मेरो बाईक रोकीयो ।
– “पास दिनुस् ।” पुलिसले उँचो स्वरमा मागे ।
मैले पास देखाए ।
-“समृद्ध नेपाल जी उहाँ चाही को हो ?” पुलिसको उही स्वर कायम थियो ।
“उहाँ मेरो साथी, अफिसबाट सँगै आएको ।”
“खै तपाईको आईडी देखाउनुस?”
पुलिसको आग्रह सँगै उनले पासपोर्ट देखाईन् ।
पुलिसले उनको पासपोर्टमा हेर्दै मलाई सोध्यो, “ल भन्नोस् तपाईको साथीको नाम के हो?”
मैले उनको नाम पुलिसलाई भनिदिए ।
“ल ठिक छ साथी भए चाहीँ जानुस । पासको दुरुपयोग नगर्नुहोला ।”
“हवस्” भन्दै मेलै बाईक कुदाँए ।
“मलाई नेपालको यही सिस्टम मन पर्दैन । यही कारणले नेपालमा बस्नु मन लाग्दैन ।”…… उनले थप्दै थिईन् तर मेरो मनले पुराना यादहरु रिपिट गरिरहेको थियो अनि चुप थिएँ।
”यहीँनेर रोकिदिनु” उनको भनाई सँगै मेरो ध्यान बाईकमा गयो ।
उनी ओर्लिएर भनिन् , ”धेरै धेरै धन्यवाद, तर तपाईंले मेरो नाम कसरी थाहा पाउनुभयो, I am surprised.”
मलाई धेरै विवाद गर्नु थिएन । मैले पुलिसले पासपोर्टको पाना फर्काउँदा देखेको भनिदिएँ ।
“मेरो पनि तपाईकै नाम गरेको साथी थियो । साह्रै helpful. I missed him so much. Anyway, thank you so much again. Stay safe and healthy. ल म जान्छु है रात परिसक्यो ।”- यति भन्न नपाउँदै उनी म तर्फ नफर्किकन आफ्नो गन्तव्य तर्फ लम्किन् ।
उनी गएको मैले परैसम्म हेरिरहे । उनी ओझेल परुन्जेल हेरिरहे । मलाई चिच्याएर भन्न मन थियो, “प्रिय खुसी नेपाली, म नै हो तिम्रो समृद्ध नेपाल । म यहीँ छु कही गएको छैन ।”
तर आज पनि उनलाई भन्ने आँट आएन मलाई ।
केही बेरको सन्नाटा पछी म आफ्नो घर तर्फ लागे । उनको फेसबुक प्रोफाईल हेरेँ । अहिले पनि उनको Relationship Status “Single” नै रहेछ ।
प्रिय खुसी नेपाली यदि तिमी यो ब्लग हेर्दै छौ भने म पनि Single नै छु आउ तिमी म सँगै बाडौँ जिन्दगीका हरेक क्षणहरु । तर म विदेश जान सक्दिन तिमी नेपालमै रहने शर्तमा ।
No Comment! Be the first one.